२८ आश्विन २०८३, बुधबार

जान्नुहोस्, ऋषि सुनककी पत्नी अक्षता मूर्ति को हुन्, उनीहरुको भेट कसरी भयो ?

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । ब्रिटेनको सत्तामा ऋषि सुनकको उदयले भारतकोसमेत ध्यानाकर्षण गरेको छ । जसको कारण उनी पहिलो ब्रिटिश एसियाली प्रधानमन्त्री हुनु मात्र भने होइन। उनकी श्रीमती अक्षता मूर्ति भारतीय अर्बपति नारायण मूर्तिकी छोरी हुन्।

देशका सबैभन्दा प्रसिद्ध व्यवसायीहरूमध्ये एक उनी भारतको बिल गेट्सका रूपमा चिनिन्छन्। अर्बौँको सम्पत्तिको उत्तराधिकारी अक्षता मूर्ति यसै वर्षको सुरुवातमा चर्चामा आएकी थिइन्। उनले ब्रिटेन बाहिरबाट कमाएको पैसाको कुनै कर तिर्नु नपर्ने विषयमाथि प्रश्न उठेको थियो। पछि उनले देशबाहिर आफूले कमाएको पैसाको यूकेमा कर तिर्ने घोषणा गरिन्।

अहिले उनको परिवारको आर्थिक पृष्ठभूमि निकै बलियो भए पनि मूर्तिको सुरुवाती दिन निकै सामान्य थियो। सन् २०१३ को एक सङ्कलनमा प्रकाशित नारायण मूर्तिले आफ्नी छोरीलाई लेखेको एक पत्रका अनुसार सन् १९८० को एप्रिलमा हुबलीमा अक्षता जन्मिएको खबर उनले एक सहकर्मीमार्फत पाए। किनकि त्यति बेला उनको परिवारसँग टेलिफोन राख्ने पैसा थिए। अक्षता मूर्तिलाई जन्मिएको केही महिनामै उनका बुबापट्टिका हजुरबुवा र हजुरआमासँग बस्न पठाइयो।

आमा सुधा मूर्ति र उनका बुबाले मुम्बईमा आफ्नो पेसालाई अघि बढाएका थिए। त्यसको एक वर्षपछि नारायण मूर्तिले एक आइटी सेवा प्रदायक कम्पनी इन्फोसिस सह(स्थापना गरे जसले उनलाई भारतको सबैभन्दा धनी व्यक्तिहरू मध्ये एक बनायो। नारायण मूर्तिका अनुसार अध्ययन गर्ने, पढ्ने, छलफल गर्ने र साथीहरूलाई भेट्नेू जस्ता कार्यहरूका लागि समय निकाल्न उनीहरूको घरमा टिभी राखिएन।

अक्षता मूर्ति अर्थशास्त्र र फ्रान्सेली अध्ययन गर्नका लागि क्यालिफोर्नियाको निजी उदारवादी क्लेरेमन्ट म्याककेन्ना कलेजमा भर्ना भइन्। मूर्तिले डेलोइट एवं युनिलिभरमा काम गर्नु अघि र स्ट्यानफर्ड विश्वविद्यालयमा एमबीए अध्ययन गर्नुअघि फेसन कलेजबाट डिप्लोमा गरिन्। उनले सुनकलाई स्ट्यान्डफर्ड विश्वविद्यालयमै भेटेकी हुन्।

यस जोडीले सन् २००९ मा विवाह गरे र उनीहरूका दुई छोरी छन्। ४२ वर्षीया उनले आफ्नै फेशन कम्पनी अक्षता डिजाइन्स सुरु गर्नुअघि क्यालिफोर्नियामा वित्तीय क्षेत्रमा काम सुरु गरेकी थिइन्। यद्यपि, उनले सन् २०११ मा आफ्नो कम्पनीको डिजाइनहरूको पहिलो सङ्ग्रह सार्वजनिक गरिन्। उनले आफूले आफ्ना डिजाइनहरू सिर्जना गर्नका निम्ति दुर्गम भारतीय गाउँका कलाकारहरूसँग काम गरेको बताएकी थिइन्।

आफ्ना डिजाइनहरू प्रामाणिकता, शिल्प कौशल र सम्पदा संरक्षणूसँग सम्बन्धित भएको उनी बताउँछिन्। यद्यपि, गार्डियनले सार्वजनिक गरेको विवरणहरू अनुसार उनको व्यापार तीन वर्षभित्रै ध्वस्त भयो। उनको मुख्य व्यावसायिक चासोहरू मध्ये एक क्याटामरन भेन्चर्सको लन्डनस्थित शाखा हो जसलाई सन् २०१३ मा मूर्ति र सुनकले संयुक्त स्थापना गरेका थिए र त्यस कम्पनीले नयाँ व्यवसायहरूमा लगानी गर्छ।

कम्पनीमा मूर्ति एक जिम चेन, डिग्मे फिटनेसको निर्देशक हुन्। कोभिड महामारीको समयमा उनको कम्पनीलाई प्रशासनिक काममा मात्र सीमित राखिएको थियो। यद्यपि, उनको कम्पनीलाई उत्पादन गर्न नसकेको भन्दै लगानी समेत आएको थियो।

लिङ्क्डइनमा रहेको मूर्तिको खातामा समेत उनलाई न्यू एन्ड लिङ्वूडको निर्देशकको रूपमा चिनाइएको छ। उक्त कम्पनीले पुरुषहरूको लागि उच्च स्तरको लुगाहरू उत्पादन गर्छ।