काठमाडौं, ८ कात्तिक । न त बाहिरको दृश्य देखिने न त शौचालय जानुपर्दा सजिलै जान सकिने । यहि कारण अधिकांश जहाजमा यात्रा गर्ने यात्रुले बीचको सीट रोज्दैनन् ।
भर्खरै मात्र अष्ट्रेलियामा सामाजिक सञ्जालमार्फत गरिएको ७ हजार ५ सय सहभागी सर्वेक्षणमा ०.६ प्रतिशतले मात्रै बीच सीट रोजे । ०.६ प्रतिशतमा पनि कतिपयले झुक्किएर बीच सीटमा क्लिक गरेको हुन सक्ने आँकलन गरिएको छ ।
जहाजको बीच सीटमा बस्न यात्रु अनिच्छुक देखिएपछि अष्ट्रेलियाको भर्जिन अष्ट्रेलिया नामक एयरलाइन्स कम्पनीले बीच सीटमा आकर्षण बढाउनका लागि २ लाख ३० हजार अष्ट्रेलियन डलरको चिठ्ठा प्याकेज ल्याएको छ ।
यो चिठ्ठा प्याकेज बीचको सीटमा बस्नेहरुका लागि मात्रै ल्याइएको हो । चिठ्ठामा हेलिकप्टर शयर, बञ्जीजम्प लगायत साहसिक खेलहरुसमेत समावेश गरिएको छ । साथै बारम्बार बीचको सीट प्रयोग गरेमा एक वर्षसम्म नि:शुल्क उडानसम्मको प्याकेज रहेको छ ।
प्रत्येक हप्ता लक्की ‘ड्र’ बाट बिजेतालाई पुरस्कार प्रदान गरिने छ ।













प्रतिक्रिया