काठमाडौं, ८ कात्तिक । जाजरकोटको मटेलास्थित भेरी नदीमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ । एक जना भनै अझै बेपत्ता रहेका छन् ।
मृत्यु हुनेमा भेरी नगरपालिका ४ गैरीखालीका रोशन खड्का रहेका छन् । उनको शव २ किलोमिटर तल भेटिएको थियो ।
साथीहरु मिलेर पिकनिक खान गएका उनीहरु पिकनिक खाइसकेपछि खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्न खोलामा गएकामध्ये वीरेन्द्र शाहीलाई भने अन्यले उद्वार गरेका थिए ।
बेपत्ता हुनेमा विक्रान्त केसी रहेका छन् । उनको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।













प्रतिक्रिया