बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कांग्रेसलाई निजी कम्पनी बनाउने गगन र प्रकाशमानलाई जनताले किन चुन्ने ?

अनुसा थापा २०७९ कार्तिक ८ गते १६:५४

अनुसा थापा

मुलुकको राजनीतिक व्यवस्था परिवर्तन गर्न गणेशमान सिंहको ठूलो योगदान छ ।

त्यतिखेर राजाले प्रधानमन्त्री दिन्छु भन्दा पनि अस्वीकार गरेका व्यक्ति हुन् सिंह । राजाले बोलाएरै प्रधानमन्त्रीको पद प्रस्ताव गर्दा उनले भने, ‘मलाई प्रधानमन्त्री बन्नु छैन्, अरु कसैलाई नै दिनुस् ।’

जित बाबुले जेल बसे, संघर्ष गरे, भूमिगत गए उनको छोराको त्यति योगदान छैन् । उनको छोरा प्रकाशमान सिंह सानै भएकाले राजनीतिक परिवर्तन गर्ने सक्ने कुरै रहेन् ।

न उनले कुनै त्याग गर्नुपर्यो न संघर्ष । बाबु गणेशमानलाई पदको कुनै सोख थिएन्, स्वार्थ पनि थिएन् । पैसा कमाउनु थियो, सम्पत्ति छोड्नुथियो भने प्रधानमन्त्री पद त छोड्दैनथे, गणेशमानले ।

गणेशमान निकै नै त्यागी नेता हुन् । तर, उनको ठ्याक्कै उल्टो स्वभावका छन्, प्रकाशमान । बाबुको नामको आड लिएर प्रकाशमान नेता बनेर हिँडेका छन् । नेपाली कांग्रेसको मात्र होइन्, पुरै देशको नेता बन्न सफल भएका थिए गणेशमान ।

तर, प्रकाशमान त्यस्तो बन्न सकेनन् । प्रकाशमानलाई पद र सम्पत्तिको मात्रै स्वार्थ छ । जेलको ढलबाट भागेर राजनीति गरेका व्यक्तिका छोरा पुरै राष्ट्रका नेता बन्न भने असफल रहे । बाबुकै नाम लिएर प्रकाशमानले जहिले पनि पार्टीभित्र दादागिरी देखाउँछन् । मेरा बुबाले यस्तो गरेका छन् भनेर पदको बार्गेनिङ गर्ने । तर, आफूले के गरेको छु भनेर कहिल्यै नसोच्ने ।

बुबाजस्तै काम गर्न सकेको भए त आज प्रकाशमानको वाहवाही हुन्थ्यो । काठमाडौं क्षेत्र नम्बर १ बाट लगातार टिकट पाइरहेका छन्, प्रकाशमानले । कांग्रेसले २०६४, २०७०, २०७४ र २०७९ मा उनले नै टिकट पाए । यो पटकको चुनावमा पनि उनी मैदानमा होमिएका छन् । लगातार तीन पटक जित हासिल पारिसकेका उनले यसपटकको चुनावमा कस्तो नतिजा ल्याउँछन्, हेर्न बाँकी छ ।

हरेक चुनावमा भोट माग्न जाँदा उनले बुबाकै नाम लिन्छन् । राणा शासन फाल्नका निम्ति मेरो बुबाको ठूलो भूमिका छ भनेर उनले जनता गलाउँछन् । यता, गणेशमानको नाम सुन्ने बित्तिकै जनताहरू पनि भावुक हुन्छन् । कतै दाग नलागेको र सदा राष्ट्र र जनताको हितको निम्ति खटिएका नेतालाई नरुचाउने को हो ? भोट माग्न जाँदा उनले गरेको योगदानचाहिँ सुनाउँदैनन् ।

सुनाउनका लागि केही गरेको पनि हुनुपर्ला, छैन केही । काठमाडौं क्षेत्र नम्बर १ का जनताले उनलाई पटकपटक जिताए । तर, प्रकाशमानले के विकास गरे ? एउटा सिन्को पनि भाँचेनन् । यसअघि पटकपटक मन्त्री भइसकेका प्रकाशमानको काम गर्ने पारा त हामी सबैले देखिसकेका छौं । क्षेत्र नम्बर १ बाट ठूल्ठूला नेताहरू मैदानमा उत्रिएका छन् । कृष्णप्रसाद भट्टराई, मदन भण्डारीलगायत शीर्ष नेताहरूले चुनाव लड्न यही क्षेत्र चुन्ने गरेका थिए ।

मदन भण्डारीले राजा वीरेन्द्रलाई चुनौती दिँदै भनेका थिए, ‘हिम्मत छ भने श्रीपेच खोलेर चुनाव लड्न आउनुस्, यहाँका जनताले तपाइँलाई चुन्छन् कि मलाई ?’ २०६४ अघिसम्म यो क्षेत्रमा नेकपा एमालेले जित हासिल गर्दै आएको थियो । पहिले एमालेले किला गाडेको क्षेत्र हो यो ।

पछिल्लो समय एमालेका केही–केही कमजोरीको फाइदा उठाउँदै सिंहले चुनाव जिते पनि उनी चुनाव जितेर जनताको काम गर्ने हैसियतमा देखिदैनन् । किनभने अहिलेसम्मको उनको काम हेर्दा सिन्को भाँची केही छैन ।

गत वैशाख ३० गतेको स्थानीय चुनावमा प्रकाशमानको पहलमा सिर्जना सिंहले टिकट पाइन् । पार्टीमा अरु पनि त टिकट पाउन लायक उम्मेदवार थिए । तर, प्रकाशमानले आफ्नै श्रीमतीलाई चुनावी मैदानमा पठाए । जनताले त्यसअघि सिर्जना सिंहको नाम सुनेका पनि थिएनन् ।

पार्टीका सभापति शेरबहादुर देउवालाई दबाब दिएर टिकट लिएर छाडे, प्रकाशमानले । अरु योग्यलाई पाखा लगाएर सिर्जनालाई टिकट दिन बाध्य भयो कांग्रेस । बुबाको कामको सावाँब्याज असुलिरहेका प्रकाशमानबाट अपेक्षा नै के राख्न सकिएला ? म गणेशमानको छोरा हुँ भनेर पार्टीको सभापति पनि लडे । शेखर कोइराला र शेरबहादुर देउवालाई टक्कर दिन हिँडेका प्रकाशमानलाई कांग्रेसकै कार्यकर्ताले त गनेनन् ।

अन्ततः शेरबहादुरकै शरणमा पुगे । प्रकाशमानको सम्पत्ति कति छ ? उनको पुर्ख्यौली सम्पत्ति कति थियो र पदमा पुगेपछि कति जोडे ? यसको छानबिन भएको छैन् । उनले पदमा पुगेपछि अकुत सम्पत्ति जोडेको बताइन्छ । यो कहाँबाट आयो खोजतलास गर्न जरुरी छ ।

यहीँका बासिन्दा प्रकाशमानको कमाइको स्रोतबारे छानबिन हुनुपर्छ । कांग्रेसभित्रै प्रकाशमान र गगन थापालाई रुचाउँदैनन् ।

पदका लागि बार्गेनिङ गर्ने यी दुई नेता हुन् । मन्त्री खाइसकेका गगन र प्रकाशमानले कस्तो काम गर्छन् जनताले हेरिसकेका छन् । आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री म भन्दै गगन र प्रकाशमान दाबी गर्दै हिँडेका छन् । कांग्रेस आफै त बिलाउन लागिसकेको पार्टी हो । माओवादीसँग मिलेको कांग्रेसले आफ्नो विचार र सिद्धान्त बेचिसकेको छ ।

मंसिर ४ पछि देशको प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल हुन् भन्ने कुरा दुईटैले बुझेका छैनन् ।

केही दिनअघि एउटा कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबले भावी प्रधानमन्त्री उहाँहरू भनेर शेरबहादुर र प्रचण्डतिर सङ्केत गरेका थिए । तर, गगन र प्रकाशमान मंसिर ४ पछि हामी प्रधानमन्त्री हुन्छौँ भनेर भोट माग्दै हिँडेका छन् ।

फेरि पनि आफू प्रधानमन्त्री बन्नका लागि देउवाले गठबन्धन गरेको कुरा अरुले बुझे तर गगन र प्रकाशमानले बुझन सकेनन् । होइन् भने, कांग्रेस त एक्लै चुनावमा जानुपथ्र्यो । गगन र प्रकाशमानलाई प्रचण्डले पत्याउँदैनन् अनि खाए प्रधानमन्त्री ।

दिँउसै देश चलाउने सपना देख्नेहरूलाई प्रचण्डले राम्रै पाठ सिकाउने छन् । काठमाडौं क्षेत्र नम्बर १ र ४ का जनताले यी दुईलाई चुनावमा पराजित गर्नुपर्छ भनेर कम्मर कसिसकेका छन् । देउवाको भित्री चाहना पनि गगन र प्रकाशमानको हार हो ।

फेरि पनि पार्टीमा पदका लागि बार्गेनिङ गर्छन् भनेर कांग्रेस नै यिनीहरू हारुन भनेर बसेका छन् । चुनाव हारे भने देउवाको प्रधानमन्त्री पद सुरक्षित भयो । गगन र प्रकाशमान जहिले मिडियाबाजी गर्ने, घुस खान पनि नछोडने र काम भने सिन्को पनि नभाँच्ने । जनताले चिनेका पनि यसरी नै हुन् ।

गगन थापाको पृष्ठभूमि केलाउने हो भने ऊ गुण्डा हो । नेता खुमबहादुर खड्काको साहारा लिएर यहाँसम्म आएका हुन् गगन । देशको राजनीतिक परिवर्तनमा उनको योगदान शून्य छ । काठमाडौंका जनताले यिनलाई भोट नदिने अडान लिएका छन् । पार्टीमा शक्ति देखाउने अनि पद खाइरहने ?

धेरै वर्षदेखि पार्टीमा लागेका नेताहरूले एकचोटि पनि चुनाव लड्न टिकट पाएका छैनन् । तर, गगन र प्रकाशमानले पटक–पटक टिकट पाइरहेका छन् । के पार्टी पनि यी दुईको निजी कम्पनी हो ? अरुलाई पाखा लगाउने अनि जहिले यी काम नलाग्ने नेतालाई काखा च्याप्ने ? कि पार्टी चलाउन नसकेर यी दुईलाई जिम्मा सुम्पिन लागेको हो ?

अरु नेतासँग खोलो बगाउने जित पैसा छैन् । तर, गगन र प्रकाशमानसँग भ्रष्टाचार गरेको पैसा टन्न छ । त्यसैले उनीहरू पार्टीलाई आफ्नो कब्जामा राख्न सफल भए । जित नै पैसाको खोलो बगाए पनि जनताले यिनलाई राम्ररी चिनिसकेका छन् । (व्यक्त विचार लेखकको निजी हो । –सं)

प्रतिक्रिया
सम्बन्धित