
काठमाडौं, ८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन्।
मत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल-बेलायत सम्बन्धलाई अगाडि बढाउन सँगै काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन्।
बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो।
सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनकका बाबु आमा दुबै भारतीय मूलका हुन्। उनीहरू पूर्वी अफ्रिकाबाट बेलायत बसाइ सरेका थिए।













प्रतिक्रिया