
काठमाडौं, ७ कात्तिक । कपिलवस्तुका कांग्रेस नेता दृगनारायण पाण्डे नेकपा एमालेमै फर्किएका छन् ।
प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका पाण्डे फेरि एमालेमै फर्किएका हुन् । उनले राजीनामा दिएपछि लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकार ढलेको थियो ।
पाण्डेले सोमबार एक विज्ञप्ति जारी गर्दै फेरि एमालेमै फर्किएको बताएका हुन् ।
उनीसँगै नेपाली कांग्रेस जिल्ला सदस्य बलराम पाण्डे, महाराजगंज नगर उपसभापति,रामचन्द्र यादव, नगर उपसचिव विजय प्रकाश गुप्ता, क्षेत्रीय प्रतिनिधि कैलाश गुप्ता,केतार यादव लगायत नेताहरु पनि एमालेमा प्रवेश गरेका छन् ।













प्रतिक्रिया