२८ आश्विन २०८३, बुधबार

जेलमै दम्पतीसँग दुई घण्टा एकान्तमा बिताउन पाएपछि …

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । भारतमा हालै पहिलो पटक उत्तरी राज्य पन्जाबले बन्दीहरूलाई दाम्पत्य भेटको अधिकार दिएपछि त्यसको पहिलो फाइदा ज्यान मार्ने उद्योगमा आरोपित एक जना ६० वर्षिय पुरुषलाई भएको छ।

गुरजीत सिंह तार्न तारान जिल्लामा अवस्थित गोइन्दवाल जेलमा पछिल्ला केही महिना यता थुनामा छन्। उनले आफू एक्लो र निराश अवस्थामा रहेको र श्रीमतीसँग केही घण्टा निजी समय बिताउन पाउँदा ठूलो राहतू महसुस गरेको बताएका छन्।

पन्जाबका जेल अधिकारीहरूले असल चाल चलन देखाउने बन्दीहरूलाई उनीहरूका पति वा पत्नीसँग प्रत्येक दुई महिनामा दुई घण्टा भेट्नका लागि अनुमति दिने बताएका थिए।

त्यसयता राज्यका १ हजार भन्दा बढी बन्दीले त्यस्तो भ्रमणको स्वीकृतिका लागि निवेदन दिएको र त्यसमध्ये आधा भन्दा बढीले भ्रमण गरिसकेको अधिकारीहरूले जनाएका छन्।