
काठमाडौं, ७ कात्तिक । वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणमा लापरबाही भएको घटनाको नेपाल मेडिकल काउन्सिलले पनि छानबिन सुरु गरेको छ ।
धादिङकी एक महिलाको मिर्गौला प्रत्यारोपणका लागि उनकी सासुको मिर्गौला निकालेर अन्त्यमा चिकित्सकहरु प्रत्यारोपण गर्न नसक्ने भन्दै भागेका थिए ।
चिकित्सकहरुले मिर्गौला प्रत्यारोपण गर्न नसक्ने भन्दै भागेपछि निकालिएको मिर्गौलासमेत काम नलाग्ने भएको थियो । घटना थाहा पाएपछि बिरामीका आफन्तले प्रदर्शन गरेका थिए ।
गत बिहीबार अस्पताल प्रशासन र बिरामी पक्षबीच लागेको खर्च मिनाहा गर्ने र आगामी दिनमा बिरामीको उपचार पनि नि:शुल्क गर्ने सहमति भएको थियो ।













प्रतिक्रिया