२८ आश्विन २०८३, बुधबार

नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘एक्सबीबी’ पुष्टि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । नेपालमा पनि कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै साउन २१ गतेदेखि असोज १४ गतेसम्म संकलित विभिन्न व्यक्तिहरुको नमुना संकलन गरिएकोमा केही व्यक्तिहरुमा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी भेरियन्ट पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले दीपावली तथा छठमा जमघट बढी हुने भन्दै संक्रमण अझै फैलन सक्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।