
काठमाडौं, ७ कात्तिक । बेलायतको नयाँ प्रधानमन्त्रीको दौडमा रहेको पूर्वप्रधानमन्त्रीसमेत रहेको बोरिस जोनसन प्रधानमन्त्री नलड्ने भएका छन् ।
निवर्तमान प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएपछि क्यारेबियन भ्रमणलाई स्थगित गरेर प्रधानमन्त्रीको दौडका लागि बेलायत फर्केका जोन्सन अन्तत: प्रधानमन्त्री नलड्ने भएका हुन् ।
जोनसन पछाडि हटेपछि पूर्वचान्सलर भारतीय मुलका ऋषि सुनक सोमबार ब्रिटेनको प्रधानमन्त्री हुनसक्ने देखिएको छ। यसअघि जोनसन र सुनकबीच मध्यरातसम्म गोप्य वार्ता भएको थियो ।
जोनसन पछाडि हट्नुमा त्यही मध्यरातको वार्ताको परिणाम भएको आँकलन गर्न थालिएको छ । सुनकले १२९ टोरी सांसदहरूको सार्वजनिक समर्थन पाइसकेको बताइएको छ ।
यस्तै, अब सुनकसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले निर्वाचन लड्नका लागि आवश्यक १०० सांसदहरूको समर्थन पनि पुर्याउन नसकेको जनाइएको छ । जसले गर्दा बेलायको आगामी प्रधानमन्त्री सुनक नै हुने प्रवल सम्भावना देखिएको छ ।













प्रतिक्रिया