२८ आश्विन २०८३, बुधबार

‘पप्पी’ बन्यो यो वर्षको सर्वोत्कृष्ट कुकुर

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । काठमाडौंमा भएका दुईवटा हत्या अनुसन्धानमा सघाएको ‘पप्पी’ नामको कुकुरलाई प्रहरीले यस वर्षको सर्वोत्कृष्ट कुकुरु ठहर गरेको छ।

विगत डेढ वर्षदेखि अपराध अनुसन्धान कार्यमा खटिँदै आएको उक्त पोथी कुकुर जर्मन शेफर्ड जातको हो। नेपाल प्रहरी केनाईन महाशाखाका अनुसार पप्पीको रेखदेख तथा तालिममा खटिएका प्रहरी हवलदार रामबहादुर गुरुङ उत्कृष्ट ‘डग ह्यान्डलर’ बने।

नेपाल प्रहरीसँग अपराध अनुसन्धान तथा सुरक्षामा सघाउने ९३ वटा कुकुरहरू छन्। कुकुर तिहारका दिन कुकुरलाई मृत्युको राजा यमराजको दूतका रूपमा पूजा गर्ने चलन छ।