२८ आश्विन २०८३, बुधबार

इसेवामनी ट्रान्सफर र इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । इसेवामनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्स्को इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौताभएको छ ।

सम्झौतासँगै युएईमा स्थायी रुपमा तथा कामको शिलशिलामा बसोबास गर्दै आएका नेपालीहरुले, इमिरेट्स इण्डियाको संयुक्त अरब इमिरेट्स् (युएइ) स्थितअबुधाबी, सारजाहलगायत अशिकांश स्थानमा रहेका ३३ वटा शाखाबाट रेमिट्यान्स् पठाउन सकिने जनाइएको छ ।

यसका साथै इमिरेट्स इण्डियाको वेबसाइटबाट पनि अनलाइनसेवा प्रयोग गरि इसेवामनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिने जनाइएको छ ।

हाल इसेवामनी ट्रान्सफरको “मेरो डिजिटल देश”अभियान जारी रहेको जनाउँदै इसेवाले इमिरेट्स इन्डियाको माध्यमहुँदै युएईबाट सोझै बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधिसम्म हरेक महिना एक जना सेवाग्राहीले उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौँमा घर समेत जित्न सक्ने इसेवामनि ट्रान्सफरले जनाएको छ ।