२८ आश्विन २०८३, बुधबार

गोदावरीमा कार्तिक ९ गते गोदावरी साइक्लोथोन २०२२ हुने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । ललितपुरको गोदावरी नगरपालिकामा कार्तिक ९ गते गोदावरी साइक्लोथोन २०२२ आयोजना हुने भएको छ ।

आयोजक गोदावरी वाणिज्य संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगरभित्र रहेका सुन्दर मनोरम, प्राकृतिक, धार्मिक तथा सांस्कृतिक स्थलहरुको प्रवर्दन गरि पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न साइक्लोथोन आयोजना गरेको जनाएको हो ।

साइक्लोथोनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त स्वदेशी तथा विदेशी ३०० साइकल यात्रीहरुको सहभागीता हुने गोदावरी वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले जानकारी दिए ।

गोदावरी नगरपालीकाबाट सुरु हुने साइक्लोथोन ठेचो, चापागाँउ, टिकाभैरव लगाएतका स्थानको परिक्रमा गरि पुन नगरपालीकामा आएर समापन हुने उनले बताए ।

साइक्लोथोनका लागि बिभिन्न सुरक्षा निकायको सहयोग रहने र आवश्यक स्वास्थ्यउपचारको पनि उचित प्रवन्ध गरिएको संघले जनाएको छ ।