२८ आश्विन २०८३, बुधबार

चीनको नयाँ प्रधानमन्त्रीमा ‘ली चियाङ’ नियुक्त

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । पार्टीको अधिवेशनबाट तेस्रो कार्यकालका लागि शक्तिमा पुन: शक्तिमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो नयाँ समूह चयन गरेका छन्।

चीनको नयाँ प्रधानमन्त्रीमा ली चियाङ चयन भएका छन्। प्रधानमन्त्री ली खछ्याङ पार्टी नेतृत्वबाट बाहिरिएपछि आइतबार नयाँ प्रधानमन्त्रीको घोषणा भएको हो।

यसअघि चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिबाट यसअघिका प्रधानमन्त्री ली सहित चार जना नेताहरू बाहिरिएका थिए। हरेक पाँच वर्षमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनबाट पार्टी महासचिव सँगै सात सदस्यीय स्थायी समिति र २५ सदस्य रहेको पोलिटब्यूरो चयन हुन्छन्।

विगतको अभ्यास तोड्दै राष्ट्रपति सी जिन्पिङ तेस्रो कार्यकालका लागि पार्टी महासचिव छानिएका छन्। नयाँ चयन भएको पोलिटब्यूरोमा एक जना पनि महिला छैनन्।