५ कार्तिक २०८३, बिहिबार

शताब्दी पुरुष जोशीको शरीर नजलाइने, अध्ययनका लागि राखिने

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज ।  उपचारको क्रममा निधन भएका वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीको शरीर नजलाइने भएको छ ।

आइतबार बिहान ललितपुरको किष्ट अस्पतालमा उपचारको क्रममा १०३ वर्षको उमेरमा निधन भएका जोशीको शरीरलाई  नजलाई अध्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको हो ।

जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अध्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको हो ।

जोशीले मृत्यु अघिनै शरीर दान गरेका थिए ।