३ मंसिर २०८३, बिहिबार

चितवन नछोड्न प्रचण्डलाई गठबन्धनको अपिल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १८ असोज । सत्तारुढ पाँच दलीय गठबन्धनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवन-३ बाटै उम्मेदवारी दिन अपिल गरेको छ ।

चितवन-३ छोडेर गोरखा-२ बाट चुनाव लड्ने आन्तरिक तयारीमा रहेका प्रचण्डलाई मंगलबार बसेको गठबन्धनको जिल्ला स्तरीय बैठकले क्षेत्र परिवर्तन नगर्न अपिल गरेको हो ।

‘मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिरसमेत उहाँले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक ठहर गर्दै मंसिर ४ गते हुन गइरहेको संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनु हुन अपिल गर्ने निर्णय गरिन्छ,’ बैठकको निर्णयमा भनिएको छ ।

यो पनिः

प्रचण्ड चितवनबाट चुनाव नलड्ने, गोरखा रोजाइमा !