३ मंसिर २०८३, बिहिबार

प्रचण्ड चितवनबाट चुनाव नलड्ने, गोरखा रोजाइमा !

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन–३ बाट नलड्ने भएका छन् ।

प्रचण्डको निर्वाचन क्षेत्रका नेतासमेत रहेका वाईसीएलका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले प्रचण्ड चितवनबाट चुनाव नलड्ने संकेत गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै पनेरुले परिवर्तन विरोधीका षड्यन्त्रका कारण नेतृत्व अन्यत्र जानुपर्ने परिस्थिति सिर्जना भएको दाबी गरेका छन् ।

‘देशकारबाहिरका परिवर्तन बिरोधिका हजार षडयन्त्रका कारण क्रान्तिकारी नेतृत्व अन्यत्र जानु पर्ने परिस्थिति सिर्जना हुँदैछ । पनेरुले लेखेका छन्, तर, चितवन,र ३ नं क्षेत्र माथिको यो क्षती को भर्पाई सायद कहिल्यै हुदैन् । ज-जसका कारण यस्तो भयो, ति राम्रै संग पछुताउनु पर्ने छ । यसको असर चितवनको गठबन्धन र ३ वटै निर्वाचन क्षेत्रमा निश्चित रुपमा पर्ने छ । ’

उनले प्रचण्डले चितवन छोड्दा चितवन र ३ नं निर्वाचन क्षेत्रको विकासको विशाल संभावना माथि गम्भिर संकट आएको उल्लेख गर्दै
यसको असर गठबन्धन र ३ वटै निर्वाचन पर्ने जनाउँदै गम्भीर छलफल चलाउन आग्रह गरेका छन् ।

गोरखा-२ रोज्दै प्रचण्ड

चितवनमा जित हाँसिल गर्न कठिनाइ हुने संकेत देखेपछि प्रचण्डले गोरखा २ बाट चुनाव लड्ने आन्तरिक तयारी सुरु गरेको माओवादी केन्द्रको उच्च स्रोतले जानकारी दिएको छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको क्षेत्र रहेको गोरखा-२ मा यसपटक बाबुरामले निर्वाचन नलड्ने घोषणा गरिसकेका छन् ।

स्रोतका अनुसार बाबुरामले प्रचण्डको लागि बाटो खुला गरेका हुन् । यसका लागि प्रचण्डले बाबुरामकी छोरी समाजवादी नेतृ मानुषी यमी भट्टराईलाई काठमाडौंको कुनै एक क्षेत्रको टिकट दिने निश्चित भएको माओवादी स्रोतको दाबी छ ।

प्रचण्डको क्षेत्र चितवन-३ मा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल हुनसक्ने, गठबन्धनको कांग्रेसको भुइँकटहर समूह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगाएत स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दिने चर्चा चलिरहेको बेला पराजित हुने डरले प्रचण्ड चितवन छाडेर  गोरखा जान लागेको स्रोतको बुझाइ छ ।