
काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज पार्टी कार्यालय सानेपामा धर्ना दिँदैछ ।
शेखर समूहले समानुपातिक सूची सच्याउन माग गर्दै पार्टी कार्यालयमा धर्ना दिन लागेको हो ।
सोमबार बसेको शेखर समूहको बैठकले पार्टी कार्यालयमा धर्ना दिने घोषणा गरेको थियो । १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकले निर्णय गरेको हो ।












प्रतिक्रिया