३ मंसिर २०८३, बिहिबार

आजदेखि निर्वाचन आचारसंहिता लागू, क–कसलाई लाग्छ निर्वाचन आचारसंहिता ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ ।

आयोगले मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो । गएको आइतबार आयोग​ले प्रमुख राजीतिक दलका नेताहरूसँग निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजानेबारे छलफल गरेको थियो ।

निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ ।