
काठमाडौं, १० असोज । नेपालमा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनामा गरिएको परीक्षणमा थप ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी, सोही समयमा थप ८४ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हाल १ हजार १७८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।












प्रतिक्रिया