
काठमाडौं, ८ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पनि भुक्तानी नभएको बेला भारतबाट दूध आयात गर्ने सरकारको निर्णय अनुपयुक्त रहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै थापाले भारतबाट दूध आयात गर्ने सरकारको निर्णय अनुपयुक्त रहेको बताएका हुन् ।
थापाले भनेका छन्ः
नेपालमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पनि भुक्तानी नभएको बेला भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त छ।किसान र व्यवसायलाई धरासायी पार्ने यो जनविरोधी निर्णय तत्काल फिर्ता गर्न प्रम शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँछु












प्रतिक्रिया