शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

दैनिक नेपाल २०७९ असोज ८ गते ७:१८

काठमाडौं, ८ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखा अनुसार हाल लुम्बिनी , गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । लम्बिनी प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखा अनुसार यस्तो छ आजको मौसमः

२०७९ असोज ८ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । बागमती ,गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती ,गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशकानी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  बागमती, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

बागमती , लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले  उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने  र  दैनिक जनजीवन समेत सामान्य प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया
सम्बन्धित