बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

पौडी खेल्ने क्रममा मृत्यु भएका तीनै जना बालकको सनाखत

दैनिक नेपाल २०७९ असोज ७ गते २०:२३

मकवानपुर, ५ असोज ।  हेटौंडा उपमहानगरपालिकाको कर्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका तीनै जना बालक मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार साँडे ५ बजे हेटौंडा-५ र ७ को सिमाना न्युरेनी नजिक कर्रा खोलामा पौडी खेल्न गएका ३ जना बालक बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार डुबेर मृत्यु भएका तीनै जनाको सनाखत भएको हो । पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुनेहरुमा हेटौंडा-१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही वडाका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तान रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित