शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कलाकार राजुको शव झुण्डिएको अवस्थामा फेला

दैनिक नेपाल २०७९ असोज ७ गते १०:०४

बुटवल, ७ असोज । बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

बुटवल देवीनगरस्थित आफ्नै निवासमा महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । बिहीबार साँझ महोत्रा गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए । तर बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

कलाकार महोत्राले दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका छन् । महोत्राकी श्रीमती पनि म्युजिक भिडियोमा अभिनय गर्छिन् ।

प्रतिक्रिया
सम्बन्धित