शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नागरिकता कागजको खोस्टो होइन, विवाह गरेर ल्याएको भोलिपल्टै दिनुहुँदैनः अध्यक्ष थापा

दैनिक नेपाल २०७९ असोज ७ गते ७:५७

बकैया, ७ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने बताएका छन् ।

बिहीबार गृह जिल्लाको बकैया गाउँपालिकामा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्विकार गर्न नसकिने बताए ।  ‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ । जन्मशिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ । थापाले भने, तर विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्विकार गर्न सकिँदैन् ।’

May be an image of 3 people, people sitting and people standing

सरकार र दलहरुको मर्यादाहिन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तन दिन नसकेको टिप्पणी गर्दै थापाले लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हावी भएको बताए । संविधान पतन हुनबाट जोगाउन दलहरुको व्यवहारमा सुधार अनिवार्य भएको भन्दै थापाले धर्मनिरपेक्षता र प्रदेश तहको खारेजी आवश्यक भएको समेत बताए ।

चुनावी तयारीको लागि बकैया पुगेका थापाले पार्टीको गाउँ कमिटीको कार्यालय उद्घाटन गरे थिए । ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नंबर १ बाट प्रत्यक्ष तर्फको उम्मेद्वारी दिने तयारी गरेका थापा पछिल्लो दिनहरु जिल्लाको पार्टी कार्यक्रमहरु र घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।

May be an image of 2 people, people standing and crowd

प्रतिक्रिया
सम्बन्धित