बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मकवानपुर दुर्घटना अपडेट : मृतक सात जनामध्ये दुई जनाको मात्रै परिचय खुल्यो

दैनिक नेपाल २०७९ असोज ६ गते २१:०१

मकवानपुर, ६ असोज । मकवानपुरको भीमफेदी–६ को जुरीखेतमा भएको मिनि बस दुर्घटनामा मृत्यु भएका ७ जनामा २ जनाको मात्र सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेका अनुसार दुर्घटनामा मृत्यु भएका ७ जना मध्ये २ जनाको मात्र परिचय खुलेको हो ।  उनका अनुसार परिचय खुलेकाहरुमा नुवाकोट घर भएर रौतहटमा नेपाली सेनामा कार्यरत ३४ वर्षीय रघुराज न्यौपने र बाराका ३३ वर्षीय अन्दुवा मियाँ ठकुराई रहेका छन् । मृत्यु भएका ५ जनाको परिचय खुल्न बाँकी रहेको छ ।

बिहीबार दिउँसो हेटौंडा–भीमफेदी–सिस्नेरी–काठमाडौं जोड्ने छोटो दूरीको सडकखण्ड अन्तर्गत काठमाडौंबाट हेटौंडा हुँदै विरगञ्ज जान आउँदै गरेको ना ३ ख ७८५८ नंबरको बस जुरीखेतमा दुर्घटना हुँदा घटनास्थलमै ६ जना र उपचारको क्रममा एक जना गरी ७ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा २ दर्जन बढी घाईते भएको र हेटौंडा अस्पतालमा उपचार भइरहेको घिमिरेले बताए । बस आफै अनिन्त्रित भएर सडकबाट करिब ६० मिटर तल सडकमा खस्दा हेटौंडाबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३००१ ज ०२७१ नंबरको सुमोमा ठोक्किदाँ सुमोको यात्रु समेत घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित