३ मंसिर २०८३, बिहिबार

वरिष्ठ पत्रकार श्रेष्ठको निधन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । वरिष्ठ पत्रकार केदारमान सिंह श्रेष्ठको निधन भएको छ । लामो समय बिबिसी र एएफपीमा काम गरेका पत्रकार श्रेष्ठको आज मध्याह्न ८१ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि मुटुसम्बन्धी बिरामी उनको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका क्रममा आज मध्याह्न १२ः०५ बजे निधन भएको उनका छोरा सुसनमान श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ–२१ भोटेबहाल निवासी मृतक पत्रकारको धर्मपत्नी, एक छोरा र एक छोरी रहेका छन् । नेपालबाट एएफपीमा ४० वर्ष र बिबिसीमा २० वर्ष काम गरेका पत्रकार श्रेष्ठले पछिल्लो समयमा स्वतन्त्ररूपमा विभिन्न पत्रपत्रिकामा लेख लेख्दै आएका थिए ।