३ मंसिर २०८३, बिहिबार

चोरीको मोटरसाइकल सहित एक पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । प्रहरीले चोरी गरेको मोटरसाइकल सहित एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–१ वाङथली घर भएका २७ वर्षीय पेमा तामाङ रहेका छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। काठमाडौं बालाजु बाइपासस्थित सडक किनारमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०२–०२४ प ८५५० नम्बरको मोटरसाइकल गत भदौ ६ गते चोरी भएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई चोरी गरेको मोटरसाइकलमा नक्कली नम्बरप्लेट राखी चलाई राखेको अवस्थामामा फेला पारी पक्राउ गरेको हो । उनलाई गोकर्णेश्वर नगरपालिका–६ नयाँवस्तीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई चोरी गरेको उक्त मोटरसाइकल सहित थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको प्रहरीले जनाएको छ ।