३ मंसिर २०८३, बिहिबार

सामान्य छलफल भएर टुङ्गियो कार्यदलको बैठक, आगामी बिहीबार फेरि बस्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । आसन्न निर्वाचनको तालमेलका लागि मोडालिटीको खाका तयार गर्न बसेको सत्ता गठबन्धनको कार्यदल बैठक सकिएको छ ।

आईतबार भागबण्डाको मोडालिटीको सन्दर्भमा सामान्य छलफल भएर बैठक टुङ्गीएको हो ।

आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको थियो । कार्यदलकी सदस्य दुर्गा पौडेलका अनुसार अर्को बैठक साउन २६ गते पुनः बस्नेछ ।

बालुवाटारमा सत्ता गठबन्धनको कार्यदल बैठक सुरु, कसरी मिल्ला भागबण्डा ?

कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।