२८ आश्विन २०८३, बुधबार

अमेरिकामा न्युरोसाइन्समा विशिष्ट श्रेणी ल्याउने तेन्जिङ शेर्पा

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अध्ययनमा भन्दा पनि हिमालका चौरी गोठमा शेर्पाका दैनिकी मात्र हुन्छ भन्ने प्रचलन अहिले पनि छ। तर संसार चिनाउनका लागि शेर्पाका कर्मको योगदान नै थियो। तैपनि शिक्षाको क्षेत्रमा कमजोर हुन्छन् भन्ने एउटा फरक मानसिकता कहिँ न कहिँ रहेकै हुन्थ्यो।

हिमालले शेर्पा चिनायो, शेर्पाल हिमाल चिनायो। अर्थात् शेर्पा भन्नासाथ हिमाल चढ्ने सोझा, इमान्दार, वफादार जातिका रुपमा परिचित छन्। जसरी तेन्जिङ शेर्पाले सगरमाथा चढेर ख्याती प्राप्त गरेका थिए त्यसरी नै शेर्पा महिलाको नाम विश्वमा किर्तिमानमय बनाउने योदान पासाङ ल्हामु शेर्पाले गरिन्। उनी नेपालकी पहिलो सगरमाथा आरोही महिला हुन्।

शेर्पाले हिमालमा गरेको योगदानका बारेमा यो आलेख केन्द्रित होइन।

यो आलेखको केन्द्रविन्दुमा नयाँ पुस्ताकी एक २० बर्षीय शेर्पा युवती छन्। उनको प्रतिभा, संकल्प र लक्ष्यसँग हो जो अमेरिकामा जन्मिन् हुर्किन् र शिक्षामा एउटा किर्ति कायम गर्दैछन्। उनी गोराहरू भन्दा शुद्ध अंग्रेजी बोल्छिन् र आफ्नो मातृभाषामा पनि उत्तिकै दख्खल राख्छिन्।

अमेरिकाको हिमाली भेग कोलोराडो कर्मभूमी बनाएर बसेका आमा ठूली र बाबु काजी शेर्पाकी जेठी छोरी तेन्जिङ शेर्पाको यो सफलता देखेर जिब्रो नटोक्ने कमै होलान्। उच्च माध्यमिक तहको अध्ययनदेखि नै उनको रुची विज्ञान र नृविज्ञान अर्थात् एन्थ्रोपोलोजीमा थियो। विशेषगरी मानिसको मनस्थितिबारे जान्ने उनलाई अभिरुची हुन्थ्यो। सानैदेखि तेन्जिङको अध्ययनप्रतिको लगाव देखेर आमाबाबु छोरी डाक्टर नै बन्छिन् भन्ने आशामा थिए।

तेन्जिङलाई पनि डाक्टर अध्ययन गर्ने इच्छा थियो र गाह्रो विषय होइन भन्ने लाग्थ्यो। उनले उच्च शिक्षाका लागि सिकागोस्थित ‘लोयोला विश्वविद्यालय’ रोजिन्।

चार बर्षसम्म निरन्तर मिहनेतसाथ अध्ययन गरेकी उनले यहि जुन महिनाको प्रारम्भमा न्युरोसाइन्स–साइकोलोजी (Bachelors of Science in Neuroscience/Psychology) स्नातक गरिन्। यस विषयमा स्नातक गर्नु साधारण होइन, असाधारण विषय हो। त्यसमा पनि शेर्पा जातिमा भने सम्भवतः उनी पहिलो पनि होलिन्। अमेरिकामा अध्ययनका सबैभन्दा १० कठिन विषयहरूमा पर्ने न्युरोसाइन्समा तेन्जिङको सफलतालाई नेपालीमाझ नै दुर्लभ मानिन्छ। उनले विशिष्ट श्रेणीमा उत्तिर्ण गरेकी छन्।

लेखकः छेवाङ शेर्पालामा

यसले नेपाली सामाजिक मनोविज्ञान मात्र होइन, विदेशी मनोविज्ञानलाई पनि चिरेको छ। अर्थात् तेन्जिङको यो सफलता नेपाली समाजमा बाहुन क्षेत्री र विदेशमा गोरा मात्र अध्ययनमा अब्ब्ल हुन्छन् भन्ने एउटा भ्रम हटाएको छ।

टिप्पणीकारले तेन्जिङको यो सफलता सुनेसँगै सोध्यो– न्युरोसाइन्स साइकोलोजी अध्ययनको तिम्रो नितान्त उद्देश्य के हो?

उनले उद्देश्यलाई स्पष्ट पार्दै उत्तर दिइन्– मेरो आगामी कदम भनेको अमेरिकाको उत्कृष्ट विश्वविद्यालयमा स्नात्तकोत्तरका लागि भर्ना हुने हो। न्युरोसाइन्सको क्षेत्रमा एउटा विशेष खोज र अनुसन्धान गर्नेछु। र, यहि विषयमा पिएचडी गर्ने लक्ष्य छ।

उनले शैक्षिक यात्रा र यो सफलताको बाटो तय गरिदिने आमाबाबुको कृपा रहेको बताउँदै आएकी छन्। उनी भन्छिन्,‘मेरो आमाबाबुको कृपाले अमेरिकाको उच्चस्तरीय अध्ययनमा पढ्न पाउनु र अनुभवी परामर्शदाताको सहयोग पाउँदा अध्ययनमा सफलता मिल्यो। यो सबै योगदान बाबुआमाले गर्नुभएको हो।’

छोरीको सफलतामा बाबु आमा पनि कम खुसी छैनन्। उनीहरू भन्छन्–

छोरीहरूको प्रबल शैक्षिक निर्माणको निमित्त हामीले जस्तो परिश्रम गरेर भए पनि, उनीहरूको शैक्षिक सामग्रीहरू जस्तो महंगो भएता पनि जुटाई दियौं, उनीहरुलाई पढाईको शिलशिलामा जहाँ जतिखेर जस्तो साथ दिनु परे पनि प्राथमिकता दियौं र हाम्रो घरमा उनीहरुको लागि उल्लासपूर्ण शैक्षिक वातावरण निर्माण गर्नमा (तेञ्जिङ्गको बजु र छेमा समेत) सबैले योगदान गरेको थियो।

तेञ्जिङ्गको गर्वित आमाबुबा ठूली र काजी शेर्पा अमेरिकामा जन्म भएको अमेरिकामै हुर्केको तेञ्जिङ्गलाई संस्कारिक महत्व र प्रष्ट शेर्पा भाषा सिकाउनमा भने बिशेष श्रेय तेञ्जिङ्गको बजुको रहेको छ।

-लेखक अमेरिकामा छन् ।