शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

आधुनिक युगमा उर्वशी, अहिल्या र इन्द्र बन्नेहरूका नाममा…

विनोद ढकाल २०७९ जेठ १८ गते १४:१३

अतिवादको खोल ओढेपछि ज्ञान र विज्ञानको गहिराईको मापन कसले गर्छ र? फेन्सी संसारमा लिपपोतका नै कुरा हुन्छन्। लाली पाउडरको जमाना जो छ। पौराणिक संसारका ‘पुतना’हरू बन्ने रहर कसलाई पो हुन्छ र? त्यसैले उर्वशी, अहिल्या बन्नका लागि सुन्दरी प्रतियोगिताका मञ्चहरूमा सर्वसमर्पणको तराजुमा उत्रिन्छन्। त्यहि मैदामा मौका छोपिरहेका इन्द्रहरूको विलासताको लालसासँगै सबैथोक समर्पण गर्छन्। इन्द्रहरू त स्वभावैले यौनाशक्तिका पीडक हुन् भन्ने त पौराणिक कथाले भनिरहेकै छ। तैपनि उनका सत्ताको वरिपरि लालीपाउडर, पैसा र नामको फेरी समात्ने दौड निरन्तर चलेकै हुन्छ।

अहिले सहरमा विकिरहेको मुद्दा हो– यौन शोषण। यसको बलात् व्याख्या ‘बलात्कार’ बनिरहेको छ। मिडियामा छारष्ट वाद र प्रतिवादको विषयमा केही टिप्पणी उठाउने प्रयत्न मात्र हो। अबोध, निर्दोष र साँच्चै बलात्कारमा परेका सबैप्रति सुर्ता र दयाभाव त स्वभाविक छ। फेन्सी दुनियाँमा रमाउने, सम्बन्धका विविध आयाम कायम राख्ने र समयान्तरमा त्यसलाई अलग व्याख्याका रुपमा मुद्दा बनाउने प्रचलन कम छैन। यसको अर्थ कोही पीडित भएन भन्ने हैन। पीडितले स्वीकारको नेपथ्यको प्रवित्तिलाई व्याख्या गरिएन भने जसरी सदनमा कानुन बनाउनका निम्ति प्रस्ताव भएको छ, त्यसले क–कसलाई भुंग्रोमा पार्नेछ र नियतीलाई कसले खेप्नुपर्छ भन्ने प्रश्न हो।

कुनै पनि फेन्सी कार्यक्रममा सहभागी हुने जोसुकै होस् उसलाई आफ्नो चर्म सुन्दरताको आत्मरती हुन्छ नै। त्यसैले सांकेतिक रुपमा टिप्पणीकारले उर्वशी, अहिल्याको उपमा दिन चहान्छ।

पहिलो त उर्वशी र अहिल्याको विषयमाथि चर्चा गरौं।

एक दिन धर्म, अर्थ र काम तीन पुरुषार्थले पुरुरवाको परीक्षा लिने विचार गरे। उनीहरू मानव रूप धारण गरेर पुरुरवासमक्ष आए। पुरुरवाले तीनैजनालाई सम्मानपूर्वक उपहार प्रदान गरे। अर्थ र कामलाई दिएका उपहार धर्मलाई दिएभन्दा आधा थियो। आफूहरूलाई धर्मभन्दा कम महत्व दिएको देखेर अर्थ र काम रुष्ट भए। अर्थले पुरुरवालाई दरिद्र हुने श्राप दियो भने कामले स्त्रीवियोगको पीडा सहनु पर्ने श्राप दियो। धर्मले चाहिँ पुरुरवालाई लामो समयसम्म पृथ्वीको शासन गर्ने र उत्तराधिकारीहरूको निरन्तरता भइरहने वरदान दिए। यही कुराले पुरुरवाको भावी जीवन निर्देशित रह्यो।

यहिँदेखि सुरु हुन्छ उर्वशी प्रयोग।

पुरुरवाको सहयोगले युद्ध जितेपछि देवराज इन्द्रले पुरुरवाको सम्मानमा एक नृत्य कार्यक्रमको आयोजना गरे। नाचमा प्रमुख नायिका थिइन् उर्वशी। जसको सौन्दर्यको प्रशंसामा सारा देवलोक खनिन्थ्यो।

नाचको क्रममा संयोगले उर्वशी र पुरुरवाको आँखा जुध्यो। सुन्दर अनि सुगठित शरीर, आकर्षक वक्षस्थल, मनोहारि कम्मर, सुपुष्ट नितम्ब एवं कठोर स्तन। नृत्यको तालसँगै नाचिरहेका अप्सराको अंगप्रत्यंगमा मोहक जादू थियो। उनको हेराइमा पुरुष मन भुतुक्कै हुन्थ्यो!

यी पौराणिक कथ्य आधुनिक युगमा पनि समान जस्ता देखिन्छन्। परिस्कृत गर्दा अहिले सहरी समाजमा देखिएका, सतहमा आएका घटनाक्रमलाई यहि कथाको आलोकमा राखेर व्याख्या गर्न मिल्छ कि मिल्दैन? यी दुई तर फरक शैलीका घटनाक्रम अवश्यभावी रुपमा मेल खान जान्छन्, अहिलेको सामाजिक परिस्थिति र बनोटमा

आँखा जुधेपछि दुवैमा प्रेमको अंकुर फुट्यो। दुवै आलिङ्गनको प्यासले पीडित भए। नाचको समाप्तिपछि पुरुरवाले संकोचका कारणले त्यो प्यासलाई व्यक्त गर्न सकेनन् भने उर्वशीले स्त्रीसुलभ लज्जाका कारण मुख खोल्न सकिनन्। मनको कुरा मनमै रहेपछि तड्पिरहेको मन बोकेर पुरुरवा मत्र्यलोक फर्किए भने उर्वशी स्वर्गमै रहिन्।

पुरुरवालाई भेट हुन्छ कि भनी उर्वशी मत्र्यलोकको भ्रमणमा निस्कन्थिन्। त्यस्तै एउटा भ्रमणमा मौका पारेर केशी दानवले उर्वशीलाई अपहरण ग¥यो। उर्वशी रुनकराउन थालिन्। त्यो पुकार पुरुरवाले सुने। उनले केशीसँग युद्ध गरी उर्वशीलाई मुक्त गरे। केशीबाट फुत्केकी उर्वशी स्वर्ग त फर्किन् तर तिनको मन मत्र्यलोकमै छुट्यो। उनीहरूको मिलन हुन सकिरहेको थिएन।

एक दिन स्वर्गमा नाट्यमुनि भरतले लक्ष्मीनारायणको नाटक खेलाउँदै थिए। नायिका थिइन् उर्वशी। एउटा संवादमा नारायणलाई ‘पुरुषोत्तम’ भनेर सम्बोधन गर्नुपर्ने थियो। उर्वशीले पुरुषोत्तम शब्द बोल्दा मुखबाट ‘पुरुरवा’ फुत्कियो। नारायणको नाम लिनुपर्ने ठाउँमा मरणशील मनुष्यको नाम लिएको देख्दा नाट्यमुनि भरत औधी रिसाए। ऋषिले तत्काल उर्वशीलाई मनुष्य भएर मत्र्यलोकमा भ्रमण गर्ने श्राप दिए। उर्वशीका लागि यो श्राप ‘के खोज्छस् काना आँखो’ भनेझै भयो। उता  इन्द्र उर्वशीलाई गुमाउन चाहँदैनथे। त्यसैले इन्द्रले उर्वशीको श्राप घटाइदिए।

मत्र्यलोकमा आएकी उर्वशीको पुरुरवासँग भेट भयो। जब आफ्ना अगाडि उर्वशीलाई पुरुरवाले देखे। दुवैको नमरेको प्यास जागृत भयो। एकअर्कामा मन्त्रमुग्ध भए। पुरुरवाले उर्वशीसमक्ष विवाहको प्रस्ताव राखे। उर्वशी पुरुरवाको प्रेममा चुर्लुम्म त डुबेकी थिइन् तर मत्र्यलोकमा केही दिन बस्दैमा उनलाई स्वर्गको सुखसयलको याद आउन थालिसकेको थियो। उनी अन्यमनस्क थिइन्। तसर्थ उनले पुरुरवाका अगाडि दुई शर्त राखिन्। उर्वशीको प्रेम सशर्त रह्यो।

उर्वशीले स्वर्गबाट आउँदा भेडाका पाठाहरू सँगै ल्याएकी थिइन्। पहिलो शर्तस्वरूप पाठाको रक्षाको जिम्मेवारी लिनुपर्ने बताइन् र भनिन्– ‘जुन दिन यसको रक्षा गर्न सक्नुहुन्न त्यो दिन म छोडेर जान्छु।’ पुरुरवाजस्तो शक्तिशालीलाई भेडाका पाठाको संरक्षण गर्नु कुनै ठूलो कुरा थिएन। तुरुन्तै सहमति जनाइहाले।

उर्वशीले दोस्रो शर्त अघि सारिन्– ‘तपाईलाई सहवासको अवस्थामा बाहेक अरू समय निर्वस्त्र देख्न नपरोस्। जुन दिन मैले तपार्ईलाई सम्भोगका समयबाहेक नांगो देख्छु त्यो दिन हाम्रो सम्बन्ध टुंगिनेछ।’ यो शर्तमा पनि पुरुरवाले मञ्जुरी जनाए।

विवाह भयो। दुवै एकअर्कामा हराएर यौवनको रसपान गर्नमा मग्न रहन थाले।सन्तान पनि जन्माए।

उता स्वर्गमा इन्द्रलाई उर्वशीविनाको नृत्य फिक्का लाग्न थाल्यो। उनी उर्वशीलाई स्वर्गमा कसरी ल्याउने भनेर मात्र सोच्न थाले। उर्वशीको सम्झौताका विषयमा इन्द्र पनि जानकार थिए, तसर्थ उनले उर्वशीले राखेका शर्तबाट फाइदा उठाउने सोच बनाए।

एकदिन मध्यरातको समय। पुरुरवा र उर्वशी यौनक्रीडामा लिप्त थिए। चुम्बकमा फलाम टाँसिएजसरी उनीहरूको शरीर जोडिएको थियो। ओठमा ओठ, स्तनमा छाती, योनीमा लिंग अनि तिघ्रामा तिघ्रा जोडिएको थियो। कामदेवको वेगले दुवैलाई छोपेको थियो। शरीरका अंगप्रत्यंगबाट रस निसृत भइरहेका थिए। उनीहरू सम्भोगको अलौकिक रसास्वादनमा लिप्त थिए।

अचानक भेडाका पाठाको आवाजले यौनक्रीडामा अवरोध ग¥यो। मरुभूमिमा प्यासले तड्पिएका समयमा थोरै पानी पिउँदा अझ बढी प्यास बढेझैँ त्यो आवाजले कामप्यास झन् बढ्यो। पुरुरवालाई अँगालोमा कस्दै उर्वशीले पाठाको संरक्षण गर्न आग्रह गरिन्। पुरुरवालाई यस्तो बेलामा छुट्टिन गारो भइरहेको थियो। पुरुरवा छुट्टिन नमानेपछि उर्वशीले धकेलिन् र पुरुरवालाई आफूबाट अलग गराइन्। मन नमान्दानमान्दै अलग भएका पुरुरवा झटपट पाठा बचाउन नांगै दौडिए।

तत्क्षण आकाशमा बिजुली चम्कियो। पुरुरवाको नग्न शरीर उर्वशीले देखिन्। उनको प्रतिज्ञा समाप्त भयो। उनी अन्तरध्यान भइन् र स्वर्ग गइन्।

उर्वशीको वियोगमा पुरुरवा विक्षिप्त बने। जहाँ पनि उर्वशीको खोजीमा रहन थाले। पागलजस्तै भएर हिँड्न लागे। उता स्वर्गसुधामा भुलेकी उर्वशी गर्भवती थिइन्। उनलाई आफ्नो प्रियतमको माया लाग्यो र भेट्नको लागि पृथ्वीमा आइन्। पुरुरवाले प्रिया, अब छोडेर नजाऊ भनेर उर्वशीसँग अनुनयविनय गरे। उर्वशीले गर्भको सन्तान दिनका लागि मात्र आफू धर्तीमा आउने वाचा गरिन्। एक पटकको दर्शनका लागि पनि पुरुरवा एक वर्षसम्म उर्वशीलाई कुरिरहे। तर उर्वशीलाई इन्द्रको यौनचाहनाले सँधै सयलमा राखिरह्यो, स्वर्गमा उनी खुसी थिइन्।

उर्वशीको रुपको घन्ड थियो। त्यहि आत्मरतीलाई चिर्नका लागि भगवान ब्रम्हाले अहिल्याको जन्म गराएको पनि बताइन्छ। तर, अहिल्यामाथि इन्द्रको शोषक चरित्रबारे पनि चित्रण भएको पाइन्छ।

अहिल्या र महर्षि गौतमको विवाह भएको थियो। तर, उनको सुन्दरतामा इन्द्रको कामुकताको सीमा नै थिएन।

महर्षि गौतमकी पत्नी अहिल्यासँग नाजायज सम्बन्ध राख्ने देवराज ईन्द्रलाई पनि गौतमले भयानक सजाय दिएका थिए। वास्तवमा सबैभन्दा आधिकारीक धारणा अनुसार इन्द्र र अहिल्याबीचको नाजायज सम्बन्धका मुलदोषी ईन्द्र नै थिए। उनले महर्षि गौतम र अहिल्याको विवाह मण्डपमा नै भनेका थिए, एक दिन कुनै पनि हालतमा अहिल्याको चिरहरण गर्ने छु भनेर किनकी उनले अहिल्यालाई पाउन हर सम्भव कोशिस गरेका थिए। उनले अहिल्याको लागि तीन लोकको सबैभन्दा पहिले परिक्रमा गरेका थिए। तीनलोकको परिक्रमा गर्ने प्रतिस्पर्धामा प्रथम भए ता पनि ब्रह्माजीले अहिल्याको विवाह महर्षि गौतमसँग गरिदिंदा ईन्द्र अत्यन्त क्रुद्ध भएका थिए । त्यही रिस मेट्न वा आफ्नो अठोट अनुरुप यौन तृप्ती मेट्न भए पनि ईन्द्र अहिल्याको पछि लागेका थिए। उनले अनेक ट्रिक गरेर अहिल्यालाई आफ्नो चंगुलमा फसाएका थिए।

रामायणका अनुसार महर्षि गौतम प्रातः स्नान गर्न गंगा नदीमा गएको मौका छोपी ईन्द्र महर्षि गौतमको भेषमा आश्रमा आएर गौतमकी पत्नी अहिल्यालाई यौन सम्बन्धकालागि बाध्य पारेका थिए। अहिलेसम्म यही भनाईलाई आधिकारीक र मुख्य मानिएको छ। यस भनाईका अनुसार ईन्द्र अहिल्याबीचको नाजायज सम्बन्धका दोषी नै ईन्द्र थिए । उनले छल गरेर अहिल्याको चिरहरण गरेका थिए। अर्को तर्फ ईन्द्र देवताहरूका राजा थिए। उनी सुन्दरीहरूसँग यौन क्रिडा गर्न तीनै लोकमा धाइरहन्थे। चतुर्मुखी ब्रह्माजीले सृष्टीकै सबैभन्दा सुन्दरी नारीका रूपमा अहिल्याको रचना गरेको सुन्नासाथ देवराज ईन्द्र अहिल्यासँग यौन क्रिडा गर्न लालायीत भइ सकेका थिए। आखिर उनले त्यो गरिछाडे। अर्थात ईन्द्र इस्त्रीको मामलामा निकै लोभी थिए। यो महर्षि गौतमलाई राम्ररी थाहा थियो र ईन्द्रको यो आचरण गौतमलाई मन पर्दैनथ्यो। त्यसैले आफ्नी पत्नीसँग ईन्द्रलाई यौनक्रिडा गर्दै गरेको देख्नासाथ गौतम रिसले क्रुद्ध भइ हे ईन्द्र तिमीलाई स्त्री मोह धेरै छ भने तिम्रो शरीरमा एक हजार स्त्री यौनाङ्ग हउन् भनेर श्राप दिए।

गौतम ऋषिले यस्तो श्राप दिनासाथ ईन्द्रको शरीर भरी एक हजार स्त्री यौनाङ्ग उब्जिए र उनी कुरुप भए। शरीर भरी योनी नै योनी भए र उनको पुरुष यौनाङ्ग लुप्त भयो। यसरी योनी नै योनी भएको शरिर लिएर कसैको सामु जान ईन्द्रका लागि असम्भव भयो। उनी स्वर्गको आफ्नो दरबार भित्र लुकी बसे।

यी पौराणिक कथ्य आधुनिक युगमा पनि समान जस्ता देखिन्छन्। परिस्कृत गर्दा अहिले सहरी समाजमा देखिएका, सतहमा आएका घटनाक्रमलाई यहि कथाको आलोकमा राखेर व्याख्या गर्न मिल्छ कि मिल्दैन? यी दुई तर फरक शैलीका घटनाक्रम अवश्यभावी रुपमा मेल खान जान्छन्, अहिलेको सामाजिक परिस्थिति र बनोटमा।

चार–पाँच जनासँग राजीखुसी प्रेम सम्बन्ध राख्ने र फेरि छाड्ने प्रकरणलाई यौन हिंसा भन्ने कि विद्यालयमा अध्ययन गर्न गएकी अमुक छात्राका संवेदनशील अंगमा प्रत्याक्रमण गर्नेलाई भन्ने?

तर यौनहिंसालाई प्रश्रय दिन हुन्न भन्ने मतमा अडिग रहँदै नेपथ्यका कारणलाईचाहिँ किन नखोतल्ने भन्ने प्रश्न मात्र अघि सारिएको हो।

पहिलो त यौन शोषणको व्याख्या र त्यसबारेको वर्ग विभाजनको विषयमा तर्क गर्नु जायज हुनेछ। टिप्पणीकारले आउने प्रतिक्रियाको आँकलन गरेर नै यो जोखिम उठाएको हो।

विगत दशकयता यौन शोषण या बलात्कारको वर्ग विभाजन भएको छ। अझ संसारभरी चलेको मिटु अभियानले बलात्कारको भाष्यलाई यस्तो हिसाबले वर्गिकरण गरिदियो कि, कसरी परिभाषा गर्ने होला भन्ने नयाँ चिन्तन गर्नुपर्ने भएको छ।

निर्मला पन्त, भागरथी भट्टले व्यहोर्नुपरेको घटनाको नियतिलाई बलात्कार भन्ने कि, अहिले सहरमा जसको नाममा प्लेकार्ड बोकेर एउटा पूँजीवादी प्रहसन भइरहेको छ त्यसलाई भन्ने? मोरङमा १८ महिने नवजात शिशुमाथि भएको विभत्स घटनालाई बलात्कार भन्ने कि आपसी समझदारीमा भएका सम्बन्धको सीमारेखा नाघीसकेपछि फेरि ब्युँताउँदै अनेक हिसाबले गरिएको तमासालाई बलात्कार भन्ने? प्रश्नहरूले छेडखानी हुन्छन्। यी घटनाक्रमका सन्दर्भ र शैलीले वर्ग विभाजन गरेको छ कि छैन? फेन्सी दुनियाँमा रमाएर कुनै अभिनेत्रीले ठेलमठालमा छुँदा गरेको व्यवाहारलाई यौनहिंसा भन्ने कि, स्कुलबाट फर्किएकी १२ बर्षकी युवतीलाई बाँसझ्याङतिर लगेको विषयलाई यौन हिंसा भन्ने?

चार–पाँच जनासँग राजीखुसी प्रेम सम्बन्ध राख्ने र फेरि छाड्ने प्रकरणलाई यौन हिंसा भन्ने कि विद्यालयमा अध्ययन गर्न गएकी अमुक छात्राका संवेदनशील अंगमा प्रत्याक्रमण गर्नेलाई भन्ने?

कानुनले कुनै गरिबका लागि यौनहिंसा या बलात्कार भनेर कठोर सजायको व्याख्या गर्दैन। आपसी सहमतिमा लामो समयसम्म सम्बन्ध कायम गर्ने र लाभ लिन नसकेपछि यौनहिंसा भन्ने प्रवित्तिमाथि फैसला सुनाउँछ। बलात्कारका नाममा घटनाको पनि वर्ग विभाजन भइरहेको यस अवस्थामा निकास के हुन सक्छ? त्यसको खोजीनीति अहिलेको अनिवार्यता हो कि होइन?

यौनहिंसाको विरोधका नाममा समग्र पुरुषजाति माथि नै प्रश्न गर्ने एउटा जमात छ, जो सामाजिक सञ्जालमा पनि सक्रिय छ। उसले पीडितको न्यायका लागि बोलिरहेको छ कि उसका नाममा आफ्नो शैलीको बजारीकरण? खासमा यस्ता घटना र परिघटनाको निराकरण कसरी हुन्छ? यस विषयमा समग्र राज्य प्रणाली मात्र होइन, समाजको हरेक इकाईले निसन्देह विचरण गरी निचोड निकाल्न आवश्यक छ। होइन भने समाजले समय समयमा उर्वशी, अहिल्या र इन्द्रहरूका अनेक प्रारुप देखिरहनेछ, निमिट्यान्न हुँदैन।

प्रतिक्रिया
सम्बन्धित