६ कार्तिक २०८३, शुक्रबार

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरीबाबु र उपमेयरमा एमालेकी मञ्जली निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले पराजित गरेका हुन् । ललितपुरमा ८६ हजार ५४० मत खसेकोमा महर्जनले ४२ हजार ७२२ मत पाए भने व्यञ्जनकारले २४ हजार ५६० मत पाए । यस अघि २०७४ सालको पालिका चुनावमा पनि महर्जनले व्यञ्जनकारलाई पराजित गरेका थिए । त्यतिबेला महर्जनले ३२६ मतअन्तरले व्यञ्जनकारलाई पराजित गरेका थिए ।

उपमेयरमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित भएकी छिन् । शाक्यले गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्रचार्यलाई ६ हजार ३३२ मत अन्तरले पराजित गरेकी हुन् ।