
काठमाडौं, ११ जेठ । अचाक्कलीरूपमा बृद्धि भइरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारले गृहकार्य थालेको बताएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने विषयमा चाँडै निर्णय गरिने बताएका हुन् ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै मंगलबार सरकारआबद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी०लगायत १५ विद्यार्थी संगठनले बुझाएकोे ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री वडुले यस्तो जानकारी दिएका हुन् ।
मन्त्री वडुले मूल्यवृद्धिको विषयमा चाँडै निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थी संगठनलाई आन्दोलन नगर्न आग्रह गरेका छन् ।















प्रतिक्रिया