
नवलपरासी पश्चिम, १० जेठ । भन्सार छलेर नेपाल भित्र्याइएको एक ट्रक चिनी बर्दघाट नगरपालिका–१३ धनेवाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आइतबार राति पक्राउ गरेको छ ।
धनेवास्थित एक गोदामअगाडि चिनी लोड गरिरहेको लु १ ख ९७६२ नम्बरको ट्रकलाई शंकास्पद रुपमा चेकजाँचको क्रममा उक्त सवारी साधनको चालकसँग बिल बिजक नभएको १०९ क्विन्टल चिनी सशस्त्र सुरक्षा वेश सेमरीका सशस्त्र प्रहरी निरिक्षक नरेश कुमार खडकाको नेतृत्वा खटिएको टोली र नेपाल प्रहरी सहितको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको ट्रक सहितको चिनी आवश्यक कार्यवाही तथा थप अनुसंधानको लागी राजश्व एवं अनुसंधान कार्यालय बुटवल पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासी पश्चिमका सूचना अधिकारी माधव रेग्मीले जानकारी दिए । उक्त चिनीको मूल्य ट्रक सहित १७ लाख ६३ हजारको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
तस्करीमा लागेका गिरोहले अवैध रूपमा भारतदेखि तस्करी गरि ल्याएको चिनी धनेवा स्थित एक गोदामा ल्याएर राखेका थिए ।















प्रतिक्रिया