
काठमाडौं, ६ जेठ । काठमाडौं महानगरपालिकाको कोर एरियामा मत परिणाम थप रोचक बनेको छ ।
वडा नम्बर २५ को प्ररम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार सुमन सायमीको प्रभाव देखिएको छ ।
हालसम्म ९०० भोटको गणना सकिएको छ । सबैभन्दा अगाडि रहेका स्थापितले २११ भोट ल्याउँदा सायमी दुई भोट मात्र पछाडि छन् ।
उनको चुनाव चिन्ह आँखीझ्यालमा २०९ भोट आएको छ ।
त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार बालेन शाह १४४ भोटसहित तेस्रो स्थानमा छन् भने कांग्रेसकी सिर्जना सिंहले ११५ भोट पाएकी छन् ।















प्रतिक्रिया