
काठमाडौं, ६ जेठ । विराटनगर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
मेयरमा गठबन्धनबाट उम्मेदवार नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी नजिक पुगेका छन् ।
कुल ७ हजार २६२ मत गणना हुन बाँकी हुँदा नागेशले २७ हजार २६४ मतसहित अग्रता कायम गरेका छन् ।
एमालेका सागर थापाले २० हजार ७९ मत मात्र प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा एमालेकी शिल्पा कार्कीको मत अन्तर १० हजार ३७९ रहेको छ ।
शिल्पाले २३ हजार ६३१ मत प्राप्त गर्दा गठबन्धनका अमरेन्द्र यादवले १३ हजार २४३ मत मात्र प्राप्त गरेका छन् ।















प्रतिक्रिया