
काठमाडौँ, ६ जेठ ।काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले २९ हजार ५ सय ८२ मत प्राप्त गरेका छन् । ७८ हजार ३६० मत गन्दा साहले सो संख्यामा मत पाएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १५ हजार ९२१ मत पाएका छन् ।
स्थापितसँग बालेनको अग्रता १३ हजार ६६१ मतको छ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १५ हजार १० मत पाएकी छन् । उनीसँग बालेनले १४ हजार ५७२ मतको अग्रता कायम राखेका छन् ।















प्रतिक्रिया