९ कार्तिक २०८३, सोमबार

गठबन्धनको उम्मेदवारविरुद्ध पोखरामा कांग्रेस कास्कीका पूर्वसभापतिले दिए बागी उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनको निर्णयको विरोधमा कांग्रेसका एक नेताले बागी उम्मेदवारी दिएका छन् ।

गठबन्धनको तालमेलबाट उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले टिकट पाएपछि नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका पूर्व कोषाध्यक्ष ऋषि सापकोटाले गठबन्धनकोविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।

उनी २०५४ देखि २०६४ सम्म दश वर्ष कांग्रेसको जिल्ला सभापति थिए ।

पार्टीले अन्य चुनाव चिह्नमा भोट हाल्न बाध्य पारेको र गठबन्धनको विरोध गर्दै उनले बागी उम्मेदवारी दिएका हुन् ।