९ कार्तिक २०८३, सोमबार

आफ्नै कार्यकर्ताबाट किन कुटिए कांग्रेसबाट मेयरका उम्मेदवार श्रेष्ठ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । नेपाली कांग्रेसबाट गोरखा नगरपालिकाका मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठ आफ्नै कार्यकर्ताद्वारा कुटिएका छन् ।

उनीमाथि आफ्नै पार्टीका असन्तुष्ट कार्यकर्ताहरुले कुटपिट गरेका हुन् ।

बसपार्कस्थित बैंकरोडमा फोटो खिचिरहेको अवस्थामा श्रेष्ठमाथि कुटपिट भएको हो ।

हालका मेयर राजनराज पन्त पुनः मेयरको उम्मेदवार बन्ने लाइनमा थिए । पन्तले अन्तिम समयमा टिकट खोसेको आरोप लगाएका थिए ।

त्यस्तै, मेयरको उम्मेदवारको टिकटमा असन्तुष्ट कार्यकर्ताले कांग्रेस पार्टी कार्यालय तीनधारेमा पनि ताला लगाएका छन् ।

दुईघण्टादेखि देखिएको विवाद गोरखा बजार अझै तनावग्रस्त छ । कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथ गरिएको छ ।