९ कार्तिक २०८३, सोमबार

बैंकिङ कसूर तथा ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । बैंकिङ कसूर तथा ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रौतहट देवाही गोनाही नगरपालिका-३ घर भएका ४३ वर्षीय मुत्यन्य
जयसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर तथा ठगी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० अनामनगरबाट पक्राउ गरेको हो ।

उनले विभिन्न आठ जनालाई प्रलोभनमा पारी ७ करोड १३ लाख रुपैयाँ ठगी गरेको पाइएको छ । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ ।