९ कार्तिक २०८३, सोमबार

५३ वर्षीया महिलालाई करणी गरेको अभियोगमा एकजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ बंगलाचुली गाउँपालिका-३ बस्ने २४ वर्षीय गुरु प्रसाद बिसीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गुरु प्रसादले ती महिलालाई काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कस्थित गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।