
काठमाडौँ, ३० चैत । पछिल्लो २४ घण्टामा देशभर थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् । यही अवधिमा ४९ जना कोरोना संक्रमणमुक्त हुँदा हाल देशभर ५२० जना सक्रिय संक्रमित रहेका छन् ।















प्रतिक्रिया