
काठमाडौँ, ३० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले स्थानीय तवरमा राप्रपासँग पनि तालमेल गर्न सक्ने बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले जोसुकैसँग तालमेल हुनसक्ने बताएका हुन्।
आफूहरुसँग कोही स्थानीय तवरमा मिलिहाले भने ठीकै हुने ओलीको भनाइ छ। राप्रपासँग मिल्ने विषयमा पत्रकारले राखेको जिज्ञासामा उनले भने , ”मिल्न सक्छ, मिल्न सक्छ। राप्रपा पनि मिल्न सक्छ। अरु पनि मिल्न सक्छ।’
एमाले र थापा नेतृत्वको राप्रपाबीच २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका लगायतका ठाउँमा तालमेल भएको थियो।














प्रतिक्रिया