११ कार्तिक २०८३, बुधबार

भरूवा बन्दुक पड्किँदा एकजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, ३० चैत । अरुण गाउँपालिका-१ रातमाटे बस्ने ४७ वर्षीय सूर्य बहादुर खत्रीको भरुवा बन्दुक पड्किँदा मंगलबार राति मृत्यु भएको छ ।

सोही गाउँपालिका-१ जलकेनिस्थित केदार खत्रीको गोठमा गई भरुवा बन्दुक चलाउँदा बन्दुक पड्किएर आफ्नै पेटमा छर्रा लागेर गम्भीर घाइते भएका उनको स्वास्थ्य चौकी प्याउली हुँदै जिल्ला अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।