
चितवन, २९ चैत । नेपाली कांग्रेसले चितवन भरतपुर महानगरपालिकामा गठबन्धन नमान्ने निर्णय गरेको छ ।
महानगरका वडा सभापतिहरुले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्न पार्टी नेतृत्वलाई खबरदारी समेत गरेका छन् ।
जिल्ला पार्टी कार्यालय भरतपुरमा उपलब्ध २७ जना वडासभापतिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले उनीहरुले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य सबै पदमा कांग्रेसकै उम्मेदवार हुनुपर्ने निर्णय गरेको हो ।
सभापतिहरुको बैठकले यदि कुनै पनि पदमा तालमेल गरेर अन्य पार्टीलाई उम्मेदवार बनाइए स्वतन्त्र उम्मेदवारी दिने समेत चेतावनी दिएका छन् ।
यसले विशेषगरी माओवादी केन्द्रलाई ठूलो धक्का हुने बुझिएको छ । महानगरको मेयरमा माओवादीले दावी गरिरहँदा कुनै पनि पदमा आफ्नै पार्टीका उम्मेदवार उठाउनुपर्ने कांग्रेसकै माग उठेपछि गठबन्धनलाई प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ ।















प्रतिक्रिया