११ कार्तिक २०८३, बुधबार

ओलीको नयाँ वर्षको शुभकामनाः भ्रष्ट सरकार हटेर जाओस्, एमालेको बहुमतको सरकार बनोस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ २०७९ अवसरमा भ्रष्ट र देश हितमा बोल्न नसक्ने हुतिहारा सरकार हटेर जाओस् भन्ने शुभकामना दिएका छन् ।

ललितपुरमा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘नयाँ वर्ष २०७९ ले देशको अहित चाहने तत्वहरु, व्यक्तिहरु, विदेशीको हित गर्ने, अरुको इशारामा चल्ने, भ्रष्ट सरकारजस्ता कुराहरूले मुक्ति पाओस्’, ओलीले भने, ‘लोकतन्त्रको अभ्यास गर्ने, शुसानका लागि काम गर्ने, भ्रष्टाचार विरोधी सरकार बन्न सकोस् । त्यो सरकार भनेको अरु कोही हुनै सक्दैन । त्यस्तो सरकार भनेको नेकपा एमालेको सरकार हो, एमालेको अत्याधिक बहुमतको सरकार बनोस्, त्यो स्थानीय तहबाट सुरु होस् ।’