
काठमाडौँ, २९ चैत । सरकारले राष्ट्र बैंकका गभर्नरलाई गरेको निलम्बनको नकारात्मक प्रभाव नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा देखा परेको छ ।
गभर्नरले कालो धन रोक्ने गरेको प्रयासबाट असन्तुष्ट बनेका अर्थमन्त्री जनार्दन शर्माको सक्रियतामा सरकारले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन समिति गठन गरेसँगै उनी निलम्बनमा परेका थिए ।
सरकारले पूँजीबजार धराशयी बनाएको आरोप लगाएर गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । तर नेप्सेमा भने त्यसको नकारात्मक प्रभाव देखिएको छ । सोमबार ४४ अंकले घटेको नेप्से मंगलबार ३४ अंकले घटेको छ ।
साताको तेस्रो दिन मंगलबार ३४.७९ अंकले घट्दै नेप्से २३८५.०१ बिन्दुमा झरेको हो ।
आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् भने कारोबार रकम पनि डेढ अर्बमै सिमित भएको छ ।
विभिन्न कम्पनीका ३७ लाख कित्ता शेयर किनबेच हुँदा करिब १ अर्ब ५२ करोडको कारोबार भएको छ ।















प्रतिक्रिया