
काठमाडौँ, २९ चैत । चालु आर्थिक वर्षको ८ महिनामा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
राष्ट्र बैंकका अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.७ प्रतिशतले कमी हो ।
अघिल्लो महिना माघसम्म भने विप्रेषण आप्रवाह ४.९ प्रतिशतले घटेर ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ भित्रिएको थियो ।
चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लगातार रेमिट्यान्स घट्ने क्रममा देखिएको थियो । अब रेमिट्यान्स बढ्ने आशा गरिए पनि सन्तुष्ट हुने ठाउँ नभएको बताइएको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख २७ हजार ९०० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यस अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो । यस अवधिमा खुद ट्रान्सफर २.० प्रतिशतले कमी आई रु.७०४ अर्ब ३३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.२ प्रतिशतले बढेको थियो ।















प्रतिक्रिया