
काठमाडौं, २९ चैत । नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-५ स्थित सडकमा बागमती प्रदेश ०३- ००३ प २८३४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ बस्ने ७५
वर्षीय लाल प्रसाद निउरेको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका स्कुटर चालकको गैडाकोट पोलिकिल्निकमा उपचार भइरहेको छ । बागलुङ, निसिखोला गाउँपालिका-६ रितिबाङ भन्ने स्थानमा रा.१ त ४११६नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका-१३ बस्ने २४ वर्षीय सुरेन्द्र गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया