
काठमाडौँ, २९ चैत । मंगलबार देशभरको मौसममा सामान्य बदली रहने देखिएको छ ।
पश्चिमी र स्थानीय वायुको प्रभावका कारण सामान्य बदली हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मंगलवार बिहान देशका विभिन्न स्थानको मौसममा सामान्य बदली आएको छ ।
प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आज मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दिउँसो पनि देशका विभिन्न स्थानमा मौसम बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।
राति देशका पहाडी भू–भागमा सामान्य बदली रही प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।















प्रतिक्रिया